एभरेष्टमा साहित्यिक मञ्चको पुनर्गठन

बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलमा साहित्यिक मञ्चको पुनर्गठन गरिएको छ । विद्यार्थीको अन्तरनिहित साहित्यिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एक दशकअघि स्थापना भएको उक्त साहित्यिक मञ्चको कार्यावधि एक शैक्षिक सत्रसम्म रहने र हरेक नयाँ शैक्षिक सत्रमा पुनर्गठन गरिने जानकारी साहित्यिक फाँट संयोजक माधव पौडेलले जानकारी दिनुभयो । नवगठित कार्यसमितिको अध्यक्षमा कक्षा–१० का छात्र कृष गौतम निर्वाचित हुनु भएको छ ।

 

समितिको उपाध्यक्षमा कक्षा–१० की छात्रा स्पन्दन लम्साल, सचिवमा कक्षा–१० का छात्र सम्मान वाग्ले, सहसचिवमा कक्षा–१० की छात्रा बेनजिर केसी र कोषाध्यक्षमा कक्षा–९ का छात्र अस्मित खनाल विजयी हुनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमश ः सृजल बस्याल, विदुषी गौतम, शुभम् पोख्रेल, विशेषता पन्थ र अग्नेश सोमै मगर निर्वाचित हुनुभयो ।

निवार्चित पदाधिकारीहरुलाई साहित्यिक मञ्चका संरक्षक तथा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै विद्यार्थीको अन्तरनिहीत प्रतिभाको प्रस्फुटनका लागि विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । समयसमयमा विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच साहित्यिक मञ्चको सल्लाहकारमा सह–प्राचार्य भीमसेन गौतम, उप–प्राचार्य उमेश रेग्मी र साहित्यिक फाँट संयोजक माधव पौडेल रहेको बताइएको छ ।

 
 
  
 

You may also like