भोलिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ‘बुस्टर डोज’

काठमाडौँ । सरकारले भोलि (शुक्रबार) देखि बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय बैठकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो ।

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाई तीन महिना पुरा भएकालाई खोप लगाइने छ ।

उनले पहिले जुन खोप लिएको छ । त्यहि खोप लगाइने जानकारी दिए । पहिला खोप सञ्चालन गरेको केन्द्र तथा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गर्न भनिएको उनले बताएका छन् । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । यस्तै स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ । खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइने छ ।

 
 
  
 

You may also like