जनकपुरधाममा गोली चल्यो, एक जनाको मृत्यु

by समतल अनलाइन

जनकपुर। जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।

आज बिहान करीब १० बजे तिर जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम–१ बस्ने मनोज साहको मृत्यु भएको हो ।

मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गोली हानी हत्या गरेका हुन् ।

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गोली प्रहार गरेका चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।

प्रहरी हिरासतमा रहेका चौधरिको साथ बाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको छ ।

 
 
  
 

You may also like