यौन दुर्व्यवहारको आरोपमा सत्यवती नेपाल शिक्षक संगठनका अध्यक्ष र एक शिक्षक पक्राउ

गुल्मी । सत्यवती मा बि सत्यवती हसरामा आध्ययनरत एक बिद्यार्थिलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छ्न ।

सत्यवती मावि हसरामा अध्यापन गराउने नेपाल शिक्षक संगठन सत्यवती गाउपालिका अध्यक्ष प्रकाश भट्टराईले आफैले पढाउने विद्धार्थीलाइ यौन दुर्व्यवहार गरेको आरोपमा आज रिडि चौकि वाट आएको इन्सपेक्टरको नेतृत्वमा आएको टोलिले प्रकाउ गरि रिडि लगेको इलाका प्रहरी कार्यालय जोहाङ्गले जनाएको छ ।
यस बारेमा रिडि चौकि इन्सपेक्टर संग बुझ्दा यौन दुर्व्यवहार सम्वन्धि मुद्दा जिल्लाले हेर्ने भएकाले जिल्ला प्रसासन कार्यलय तम्घास पठाइएको जानकारी दिनु भएको छ ।

केहि समय अगाडि सोही स्कुलमा अध्ययनरत विद्धार्थीका आफन्त र आफन्तहरूको समुहले आफ्नो परिवार माथि शिक्षकद्वारा यौन दुर्व्यवहार भएको भनि आएको आक्रोसित पीडितलाई सत्यवती मावि हसरामै पुगि आरोपित माथि हातपात गर्ने प्रयास गरेको र सोहि क्रममा स्कुलमा केहिवेर तनाव समेत भएको प्रअले जानकारी दिनु भएको छ ।

यो घटनामा सोही स्कुलका शिक्षक निलकण्ठ बस्याल पनि संलग्न रहेको जानकारी प्राप्त भएको छ ।

 
 
  
 

You may also like