नेपालगञ्जको मेयरमा कांग्रेसका प्रशान्त र उपमेयरमा जसपाका कमरुद्दीन विजयी

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित नगरप्रमुख चुनिंदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।

नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।

 
 
  
 

You may also like