विष्णु पौडेलको वडामा ३० वर्षपछि एमाले हार्यो, कांग्रेस उम्मेदवार पंगेनी विजयी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

यो वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ ढकालको पनि वडा हो । यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो ।

 
 
  
 

You may also like