गुल्मीमा यौन दुर्व्यवहारको आरोपमा दुई शिक्षक पक्राऊ 

गुल्मी  ।गुल्मीको सत्यवती गाउँपालिका ५ स्थित सत्यवती माविमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ परेका छन् ।

सोहि विद्यालयमा पढाउने शिक्षक प्रकाश भट्टराई र निलकण्ठ गौतम लाई पक्राऊ गरिएको इलाका प्रहरी कार्यालय जोहाङ्गले जनाएको छ ।
अहिले उनीहरुलाई थप अनुसन्धानका लागि  जिल्ला प्रशासन कार्यालय तम्घास पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like