सिद्धार्थनगर नगरपालिकामा प्रमुखमा काङ्ग्रेसका इस्तियाक अहमद खान विजयी

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार संविधान सभा सदस्य इस्तियाक अहमद खान विजयी भएका छन ।

अहमद खानले ९ हजार १ सय ३४ मत प्राप्त गरी सिद्धार्थनगर नगरपालिकाको प्रमुख मेयरमा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए । त्यस्तै नेकपा एमालेका उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

 
 
  
 

You may also like