मत गणनास्थलमा एमालेका वडा सदस्यका उम्मेदवारले मदिरा सेवन गरि हो-हल्ला गरेपछी ९ बजेबाट हुने भनिएको तिलोत्तमाको मतगणना हुन सकेन

बुटवल । तिलोत्तमा नगरपालिकाको मत गणना स्थलमा वडा सदस्यका उम्मेदवारले नै मदिरा सेवन गरी हो होल्ला गरेपछि ९ बजेबाट गर्ने भनिएको मत गणना कार्य अझै सुचरु हुन सकेको छैन ।

वडा नं. ५ का वडा सदस्यका उम्मेदवार नेकपा एमालेका मनिस अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केही बेर स्थिती तनाव ग्रस्त भएको थियो ।

मदिराको नसामा रहेका अधिकारीले हिजै बिहान देखि शिल गरेर राखीएको मतपत्र सहितको कोठाको ढोका जबरजस्ती खोल्न लगाएर फोटो खिच्दै गरेको अन्य दलका प्रतिनिधिले देखेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अधिकारीलाइ अहिले गणना स्थलबाट बाहिर निकालेको छ ।

स्थिती सामान्य बन्दै गएको र केही बेरमा गणना सूरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्नमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानै देखि तिलोत्तमाको मत गणना रोकीएको थियो । सत्ता गठबन्धका पाँच दल सहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले कर्मचारीले बदमासी गरेका वडाको पुन मत गणनाको माग गरेका थिए ।

निर्वाचन आयोगले सात दलको मागको सुनुवाइ गर्दै पुन मत गणना गर्न भनेपछि आज राती ९ बजेबाट मत गणना सूचारु गर्ने सहमती सबैदलिय बैठकले गरेको थियो ।

 
 
  
 

You may also like