११ को शिल कसले तोड्यो , एमाले माथि कर्मचारी परिचालन गरेको आरोप

बुटवल । मतगणना शुरु हुनै लाग्दा बुटवलको वडा नं ११ मा विवाद शुरु भएको छ ।

अहिले सम्मको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिदै आएको थियो । नेकपा एमालेले आफ्नो गढ मान्दै आएको सो वडाको एक वाक्साको एक शिल तोडीएको भन्दै एमाले निकट कार्यकर्ताहरुले विरोध जनाई रहेका छन । यद्दपी वाक्साका अरु शिल भने यथावत छन ।
निर्वाचन अधिकारीहरुका अनुसार वाक्सामा शिल गरीसके पछि ती वाक्साको शुरक्षाको दायित्व निर्वाचन कार्यालयको हुन्छ ।

शुरक्षा घेरावीच निर्वाचनका कर्मचारी र शुरक्षा निकायवाहेक वाक्सा भएको ठांउमा अरु कोहि पनि जान सक्ने अवस्था हुदैन यस्तो अवस्थामा वाक्साको यदी शिल तोडीएको छ भने त्यसको जिम्मेवारी कर्मचारीहरुले नै लिनु पर्छ । एक कांग्रेसका नेताले वताए ।
उनका अनुसार नेकपा एमाले हार्ने अवस्था आए पछि यस्तो कदम चालिएको हुनसक्छ ।

निर्वाचन तथा मतगणना प्रकृयामा सहभागि अधिकांश कर्मचारी वुटवल उपमहानगरपालिका छन । ती कर्मचारीहरु मध्ये धेरैजसो एमाले समर्थक भनेर चिनिने कर्मचारी रहेको वताईन्छ ।

करीव ११ हजार मत खसेको वडा न ११ मा यसअघिको चुनावमा ठुलो अन्तरले एमालेले जितेको थियो ।
एमालेका कतिपय नेताले एमालेलाई ११ नम्वर वडाले जिताउछ भन्दै आए पनि अरु वडामा देखिएको मतदानको टेन्डले यो वडा पनि फुत्किने संकेत देखे पछि एमाले अत्तालिएर भांचो हाल्न कर्मचारी परिचालन गरेको आशंका कतिपयले गरेका छन ।

यद्दपी नेपाली कांग्रेसले यसपटकको चुनावमा ११ नम्वर वडा पनि जित्ने आंकलन गर्दै आएको थियो ।

 
 
  
 

You may also like