रुपन्देहीको देवदहमा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा एमालेले जितेको छ ।

देवदहको मेयरमा पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका हिराबहादुर खत्रीलाई हराउँदै एमालेका ध्रुव खरेल विजयी भएका हुन् । त्यस्तै उपमेयर पदमा पनि एमालेकी उम्मेदवार विद्यालक्ष्मी गुरुङ विजयी भएकी छन् ।

खरेलले १ हजार ६२० मत अन्तरले जीत हात पारेका हुन् । मेयरमा निर्वाचित खरेलले १२ हजार ९४३ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार खत्रीले ११ हजार ३२३ मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा निर्वाचित एमाले उम्मेदवार गुरुङले १३ हजार ७८४ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार सुन्दरी गिरीले ७ हजार २९० मत प्राप्त गरिन् । देवदह नगरपालिकामा २०७४ को निर्वाचनमा काँग्रसले जितेको थियो । अघिल्लो स्थानीय निर्वाचनमा खत्री काँग्रेसबाट मेयरमा र उपमेयरमा गुरुङ निर्वाचित भएका थिए ।
१२ वटा वडा रहेको देवदहमा ६ वटा वडा काँग्रेसले जितेको छ । त्यस्तै ५ वटा वडा एमाले र बाँकी एउटा वडा राप्रपाले जितेको छ ।

वडा नं. १ को अध्यक्षमा दिपक नेपाल (एमाले), २ को अध्यक्षमा दलबहादुर रासकोटी (काँग्रेस), ३ को अध्यक्षमा यज्ञप्रसाद अर्याल (काँग्रेस), ४ को अध्यक्षमा दमन (मनोहर) रेग्मी (एमाले), ५ को अध्यक्षमा गणेश डुम्रे (एमाले) ६ को अध्यक्षमा खेम थापा (एमाले), ७ को अध्यक्षमा कृष्ण अधिकारी (एमाले), ८ को अध्यक्षमा हरिप्रसाद अधिकारी (काँग्रेस), ९ को अध्यक्षमा मोहन जिसी (काँग्रेस), १० को अध्यक्षमा यकबहादुर सुनार (काँग्रेस), ११ को अध्यक्षमा दुधनाथ यादव (राप्रपा) र वडा नं. १२ को अध्यक्षमा डेगबहादुर सारु (काँग्रेस) निर्वाचित भएका छन् ।

 
 
  
 

You may also like