२५ बर्षपछी मेयर शिवराजको वार्डमा वडाध्यक्षमा कांग्रेसका पदम गाहा विजयी

बुटवल  । बुटवल – ७ मा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पदमराज गाहा विजयी भएका छन्।  बुटवलका मेयर शिवराज सुबेदीको वार्ड हो । एमालेकी उम्मेदवार सिता थापा भन्दा ८ सय मतान्तरले विजयी भएका भएका छन् ।

अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार विजयी भएको कांग्रेस युवा नेता प्रजापाल गिरीले जानकारी दिए । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिएको हो ।

कांग्रेसले वडा अध्यक्षसहित प्यानलै जितेपछि मेयर सुवेदी आफ्नै वडामा कतिसम्म अलोकप्रिय रहेछन् भन्ने पुष्टी गरेको वडावासी हरि क्षेत्रीले बताए ।

यो वडा सहित नेपाली कांग्रेसले बुटवल ४,५,६,१५,१६,१७ वडा पनि जितिसकेको छ । अब वडा नंं ८ देखि १४ सम्मतको नतिजा आउन बांकी छ ।

वडा नं १ मा स्वतन्त्र उम्मेदवार (कांग्रेसका बागी) नरेन्द्र बस्नेत,२ मा नेकपा एकीकृत समाजवादी र ३ मा माओवादीका विष्णु ढकाल निर्वाचित भएका छन् । यसअघि एमालेले जितेका सबै वडामा कांग्रेस विजयी भएको छ ।

 
 
  
 

You may also like