रूपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बस्याल निर्वाचित

भैरहवा। रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल निर्वाचित हुनुभएको छ।बस्यालले ७ हजार ९८३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत ल्याउनुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ। ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत ल्याउनुभयो ।

यो संगै रुपन्देहीमा नेपाली कांग्रेसले दुई वटा पालिका जितेको छ। २०७४ सालको स्थानिय निर्वाचनमा दुई वटै पालिकामा एमालेले जितेको थियो।

 
 
  
 

You may also like