एमालेको किल्ला मानिने गुल्मी रुरुक्षेत्रमा गठबन्धनका उम्मेदवार यदु ज्ञवाली विजयी

गुल्मी ।गुल्मीको रूरूक्षेत्र गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवाली `सन्तोष ´ विजयी भएका छन । मावोवादी केन्द्रका यदुले नेकपा एमालेका उम्मेदवार हिमाल श्रेष्ठलाई पराजित गरि विजयी भएका हुन।

अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीले एमालेका हिमाल कुमार श्रेष्ठलाई १ हजार २ सय ७७ मतान्तरले पराजित गरे।

ज्ञवालीले ५ हजार ८१७ मत ल्याउदा श्रेष्ठले ४ हजार ५४० मत पाए। उपाध्यक्ष र अन्य ५ वडा वडा भने एमालेले बिजय हासिल गरेको छ।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतमले ५ हजार ४५१ भोट ल्याएर बिजयी हुदा नेपाली कांग्रेसका दुर्गा ज्ञवाली ८ सय ५ मतअन्तरले पराजित भईन।

यदु ज्ञवाली लुम्बिनी प्रदेशका पुर्व मन्त्री सुदर्शन बरालका स्वकिय सचिव समेत रहेका अघिल्लो चुनावमा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए ।

२०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिका एमालेले जितेको थियो । यो नेकपा एमालेका उपाध्यक्ष प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्र हो ।

 
 
  
 

You may also like