बुटवलमा कांग्रेसका पाण्डेलाई ३ हजार ५२९ मतको अग्रता

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गठवन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाउदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा कांग्रेसका पाण्डेले ३ हजार ५२९ मतको अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका पाण्डेले १० हजार ६११ मत प्राप्त गर्दा नेकपा एमालेका भट्टराईले ७ हजार ८२ मत प्राप्त गरेका छन् ।
पाण्डेभन्दा भट्टराई ३ हजार ५२९ मतले पछि रहेका छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले कलम चिन्हमा ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा २ हजार ३६३ मत प्राप्त गरेकी छन् । १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।बुटवलको वडा नं १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र तथा ४,५,१६ र १७ मा कांग्रेसले जित निकालेको छ ।अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।

 
 
  
 

You may also like