भैरहवामा गठबन्धन बिशाल र्याली, तानाशाहि प्रबृतीको अन्त्य गर्न गठबन्धन : खाण

भैरहवा। आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनकालागि सिद्धार्थनगर नगरपालिकामा गठबन्धन गरेका पक्षधरले सोमवार भैरहवामा सयुक्त बिशाल र्याली सहितको चुनावी सभा सम्पन्न गरेका छन् । चुनावी सभामा सम्बोधन गरेका सम्पुर्ण बक्ताले गठबन्धन अहिले आवश्यकता र अपरिहार्यता भएकाले गठबन्धन पक्षधरसंग सहमती भए अनुरुप उमेदवारलाई खुलेर एक अर्को पक्षले मतदान गरेर बिजयी बनाउन अपिल गरे । साथै उनिहरुले गठबन्धको पक्षको बिरुद्धमा विभिन्न अफवाह पैmलाएर र फुटाएर कम्जोर बनाउनकालागि गर्ने अनेक षढयन्त्रलाई जुटेर मुकावला गर्दै परास्त गर्नपनि कार्यकर्ता माझ आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले नेपालको राजनीतिक इतिहासमा कुनैपनि तानाशाही प्रबृत्तिलाई निर्मुल पार्न गठबन्धनको आवश्यकता हुने गरेको उल्लेद गर्दै यो अहिलेको गठबन्धन तेश्रो भएको बताए ।उनको भनाइमा, पहिलो गठबन्धन २०४६ सालमा तत्कालिन पंचायति निरंकुशताको व्यवस्थाको अन्त्यकालागि आम बाम गठबन्धन शक्ति र नेपाली काग्रेस बिच गठबन्धन गरेर पंचायती व्यवस्थालाई निर्मुल पारिएको थियो । दोश्रो गठबन्धन तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता सवै आफ्नो हातमा लिएर निरंकुश बन्न थालेपछि त्यसको बिरुद्धमा नेपाली कांग्रेस सहित बाम घटक र माओवादी शक्ति बिच गरिएको थियो । अहिलेको गठबन्धन एमाले अध्यक्ष ओलीको तानाशाही प्रबृत्तिको बिरुद्धमा हो ।

अहिलेको गठबन्धन केवल सत्ता संचालनकालागिमात्र नभएर नेपालमा स्थापित लोकतान्त्रिक व्यवस्था र आम नेपाली जनताको मौलिक हक अधिकारको रक्षार्थकालागि हो’ खांणले भने, ‘जो एमाले अध्यक्ष केपी ओलीले समाप्त पार्न चाहन्थे ।’नेपाली नागरिकको मौलिक अधिकारलाइ दमन गर्दै नेपालमा स्थापित मौलिक संस्कृति र मान्यतालाई ओलीले धावा बोल्ने काम गरेको आरोप उनले लगाए । गुठी संस्कृति नेपालको मौलिक र परम्परागत संस्कृति रहेकोमा ओलीले गुठीको नाममा रहेका जमिन आफ्ना कार्यकर्तालाई बाड्न थालेपछि गठबन्धनको जन्म भएको भनाइ उनको थियो ।एमाले अध्यक्ष ओलीले नागरिकको अधिकारलाई कम्जोर गराउन लागेको र जनताको स्थापित अधिकारमाथि धावा बोल्ने काम गरेको आरोप खा.णले लगाए ।आज हामी गठबन्धनको पक्षमा उभिएर गठबन्धनका उमेदवारलाई बिजयी गराउन दायित्व समेत हामी माझ थपिएको छ’ खाणले भने, ‘नेपाली कांग्ैसमा गठबन्धन पक्षका उमेदवारलाई बिजयी गराउने जिम्मेवारी छ ।’भैरहवामा निर्माण सम्पन्न गौतम बुद्ध अन्त्राष्ट्रिय विमानस्थल संचालनमा आएसंगै भारतसंग छोटो र सहज हवाइ रुटको अनुमती लिइ छाड्ने दावी उनले गरे । भैरहवामा बिद्यमान बिद्युत समस्या, उद्योगको ट्रंक लाइनको समस्या समाधान चाडै हुने उनले बताए । ट्रंक लाइनमा परेका कुनैपनि उद्योगीको बिद्युत लाइन नकाटिने र नीतिगत ढंगबाट समस्या सुल्झाइने उनले बताए ।

नेपाली नागरिकता प्राप्त गरेका बावु आमाका सन्तानलाई नेपाली नागरिकता दिलाउने प्रतिबद्धता उनले गरे । यसकालागि आफुले मन्त्री परिषद्को बैठकमा कुरा राखि नागरिकता बिधयक सदनमा लैजाने तैयारी गरेको जनाए । ‘नागरिकता सिबधयक संसदमा लगेपछि प्रमुख प्रतिपक्षी दललेपनि सहयोग गरोस । सदन अवरोध नगरोस्’ खाणले भने, ‘यदि संसद अवरोध भयो भने अर्को ढंगबाटपनि बिधयेक पास गरिने छ र नागरिकता नपाएर बसेका नेपाली युवालाइ निरास हुन दिइने छैन ।’गठबन्धनको तर्पmबाट नगरको प्रमुखमा उमेदवारी दिउका नेपाली कांग्रेसका इश्तियाक अहमद खानले आफुले जनताको सेवालाई उत्तरदायी र जनमुखि गराउने प्रतिबद्धता व्यक्त गरे । ‘सेवाग्राहीको काममा हुने गरेको ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्रको बिरुद्ध मेरो उमेदवारी हो’ खानले भने, ‘मानवताको सेवा नै मेरो मुल मन्त्र हो र मुल धर्मपनि । चाहे जुनसुकै धर्म जाती वा सम्प्रदायको होस सवैको समान ढंगले सेवा गर्नु मेरो परम दायीत्व हो ।’उनले आफु निबाीचत भएमा के के काम गर्ने ? भन्ने वारेमा शिक्षा, स्वास्थ्य, रोजगार, पविधिक शिक्षालयको स्थापना, हरियाली, फोहरको स्थायी व्यवस्थापन, पर्यटन, बालमैत्री नगर, असाहाय तथा बृद्धकालागि योजना, कृषक लगायतका क्षेत्रमा गर्ने योजना वारे सुनाए ।गठबनधनको तर्फबाट उपप्रमुखमा उमेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी कमला थापाले आफुले गर्न सक्ने काममात्र गर्ने भन्दै जनता सामु बाचा गर्ने बताइन् । ‘मैले घर घरमा ग्यासको पाइप ल्याउछु भन्दै भोट मागेकी छैन’ थापाले भनिन्, ‘मेले जे गर्न सक्छु त्यसकोमात्रै प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छु ।’
गठबन्धन पक्षधरले निकालेको र्यालीले बिजयीको सन्देश दिइसकेको दावी उनले गरिन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हकिकुल्लाह खांले गठबन्धन अनुरुपका उमेदवारलाई बिजयी गराउन आफ्नो पार्टीका कार्यकर्ताले रुखमा मतदान गर्नमा कुनै शंका नगर्न भन्दै कांग्रेस कार्यकर्तालेपनि गठबनधनका उमेदवारलाई निर्धक्ककासाथ मतदान गर्न आग्रह गरे ।
पाच बर्ष अघि निर्बाचित भएका दलले के काम गरे ? र के कति घोषणापत्र अनुरुपका काम पुरा गरे ? भनेर सोधखोज गर्ने बेला भएको उनले बताए ।नेपाली कांग्रेसका सुशिल गुरुगंले बिगतमा बिजयी भएका पार्टीले सिद्धार्थनगरमा जनताका पक्षमा कुनैपनि काम गर्न नसकेको दावी गरे । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री भरत कुमार शाहले राजनीतिमा बिकास निर्माण कुरा हेरिने तर धर्मको कुरा नहेरिने बताए ।
‘तरकारी उब्जाउने र बिक्री गर्ने किसान कुन जातीको हो ? भनेर हेरिदैन’ गवठबन्धन उमेरवार बिरुद्ध केही दलले धर्म र जातीयताको कुरा उठाएर भड्काउन खोजेको आरोप लगाउदै शाहले भने, ‘हामी सवै धर्म र जातीलाई समान व्यवहार गर्छौं ।’ मान्छे कामले ठूलो हुने उनले बताए ।नेपाली काग्रेसका अर्का नेता बिजय शर्माले गठबन्धन पक्षका दुवै उमेदवार षमतावान् र समाजसेवी भएकाले अत्याधिक मतले बजयी बनाउन अपील गरे ।नेकपा माओवादी केन्द्का अर्का नेता थीर बहादुर रोक्का (डार्बिन)ले गठबन्धन पक्षधरको शक्ति देखेर विपक्षीहरु अत्तालिन थालेको दावी गरे । प्रतिगामी पक्षले गठबन्धन पक्षलाई फुटाएर कमजोर बनाउन गठबनधन पक्षमैं एकले अर्कालाई भोट हाल्दैन भनेर भ्रम छरेर भड्काउन खोजेको दावी गरे । नेपाली काग्रेसका अर्का बक्ता ओम कुमार श्रेष्ठले नेपाली कांग्रेस भित्रको सम्पुर्ण मत भेद अव बन्द भैसकेको र एकताबद्ध भएर अघि बढेको बताए । कांग्रेस कार्यकर्ता बिचमा देखिएका सम्पुर्ण असन्तुष्टि सवै समाधान भएको दावी गरे । नेपाली कांग्रेसका नगरसभापति कोशिश खड्का र मओबादी केन्द्रका नगर अध्यक्ष नारायण बहादुुर हमालको सयुक्त सभापत्विमा सम्मपन्न कार्यक्रमको सचांलन कांग्रेस उपसभापति देवराज न्यौपानेले गरेका थिए ।

 
 
  
 

You may also like