राजधानी बुटवलबाट सार्दाको अपमान भोग्दै बिष्णु पौडेल, बुटवलमा बृहत् चुनावीसभामा पौडेलको भाषण सुन्न बसेनन कार्यकर्ता

बुटवल । नेकपा एमालेले बुटवलमा बृहत चुनावी सभा आयोजना गर्यो । जिल्ला तथा प्रदेश तहका नेताहरु बोलिरहेका थिए। एमाले अध्यक्ष केपि शर्मा ओली भन्दा पहिले नै बोल्नुपर्ने बिष्णु पौडेल, ओलिलाई चितवन पुग्नुपर्ने भन्दै पछि हटे। ओलिले करिब ४० मिनेट भाषण गरे। र त्यहाँबाट निस्किए।

सुकुम्बासी क्षेत्र लक्षित बुटवल ११ मा आयोजना गरिएको कार्यक्रममा ११ बजे ओलि आउने भनेपनी ३ बजेसम्म नआएपछी कार्यकर्ता निस्किसकेका थिए। ओलिकै भाषण सुन्न बसेका कार्यकर्ता ओलिको भाषण सकिनासाथ जराजुरु उठिहाले।

कार्यक्रमका उद्घोषक एमाले रुपन्देही सचीव यज्ञ गैह्रले उपस्थितिलाई बसिरहन आग्रह गरेपनी जनता बसेनन। आफ्नो निर्वाचन क्षेत्रमा बोल्न नपाएपछी उनी अपमानित भएको एमाले कार्यकर्ता बताउछन। आफ्ना उम्मेदवार जिताउनको लागि आग्रह गर्नुपर्ने भएपनि कार्यकर्ताले नै नरुचाएपछी उनी बोल्न समेत पाएनन।
लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवललाई स्थायी बनाउने बाचा गरेका पौडेलले अर्थमन्त्रीसंग राजधानी साटेको बताउदै उनिसङ एमाले कार्यकर्ता नै आक्रोशित छन।

एमाले उपाध्यक्ष विष्णु पौडेल बोल्ने समयमा कार्यकर्ता हिडेपछि उनले फोहोर ब्यवस्थापन र पानीका बोतल उठाएका थिए।

उनलाइ नै नरुचाएका बुटवलका कार्यकर्ताले एमालेका मेयरका उम्मेदवारलाई कसरी रुचाउने हुन हेर्न बाकी छ।

 
 
  
 

You may also like