मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसमविदले बताएका छन् ।

जसका कारण प्रदेश-१ को तराई भू-भागका केही स्थानमा आज (आइतबार) बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश-१, वागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like