रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेस प्रवेश गरे

बुटवल। रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले लगायतका पार्टी परित्याग गरि उनीहरुले नेपाली कांग्रेस रोजेका हन् ।
तिलोत्तमा वडा न ३ मा एक कार्यक्रममा बिच उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य कमला अधिकारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमामा कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा बोल्दै नेता खांणले युवा जोस जाँगरले नेपाली कांग्रेसले बिजयी हासिल गर्ने दाबि गर्नुभयो । उहांले देशभर नै कांग्रेसमा जनमत देखिएकोले जित पक्का भएको उल्लेख गर्नुभयो ।

उहांले युवापुस्ताहरुको रोजाईको पार्टी कांग्रेस भएको बताउँदै नव प्रवेसीहरुलाई पार्टीमा पुरानै कार्यकर्ता सरहको ब्यहार र समान अवसर प्रदान गरिने बताउनुभयो । उहांले स्थानीय तह निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन आग्रह गर्नुभयो ।

यस्तै उहांले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताउनु भयो । उहांले नेपालमा धेरै जनता गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताउनुभयो ।
अब राजा फर्काउने लगायतका अन्य मुद्दाहरूको कुनै काम नभएको तर्क गर्दै उहांले भन्नुभयो–‘हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजसंस्था फाल्यौ, अब राजाका मुद्दा बोकेर केही फाइदा छैन्, जनताका आवश्यकताका मुद्दा बोक्नुपर्छ, यो काम कांग्रेसले मात्रै गर्छ, म मेयरको उम्मेदवार हुँदा पनि यो मुद्दालाई नै बोकेर अगाडि बढेको छु ।’

२०७४ सालको निर्वाचन पछि एमाले नेतृत्वको सरकार तीनै तहमा बनेपनि कुनै काम हुन नसकेको बताउँदै उ नले अब कांग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस तिलोत्तमा ३ का सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता तथा पूर्व वडाअध्यक्ष उदय बहादुर गुरुङ, नेपाली कांग्रेस तिलोत्तमा ३ का सचिव दिनेश सुबेदी लगायतले सबै एकजुट भएर गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्ने बताउनु भयो ।

 
 
  
 

You may also like