आफ्नो क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउछु : उम्मेदवार ढकाल

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडानम्बर ७ बाट वडाध्यक्ष पदका उम्मेद्वार गोपालप्रसाद ढकालले वडाको विकासकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

आफ्नो वडाका मतदाताहरुसँगको भेटघाटका क्रममा कुनैपनि मतदाताको विश्वासलाई मर्न नदिने विश्वास समेत दिनुभयो । मतदाता भेटघाटका क्रममा संचारकर्मीसँग कुरा गर्दै ढकालले वडानम्बर ७ लाई नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना र भिजन रहेको बताउनुभयो । वडानम्बर–७ का खैरेनी, सितलनगर, पिपलडाँडा, हिलेटोल, उदयनगर, भैरवटोल लगायतका स्थानका मतदाताहरुलाई आफ्नो क्षेत्रको विकासका लागि एजेण्डा बोकेर आउनेहरुलाई कुनैपनि सर्तमा निराश नवनाउने उम्मेदवार ढकालले बताउनुभयो । ढकालले वडानम्बर ७ देवदहकै राजधानीका रुपमा विकास हुँदै गएकाले पर्यटकीय पुर्वाधार र विकासमा नमुना वडा बनाएरै छाड्ने बताउनुभयो । उहाँभन्नुहुन्छ–‘‘देवदह ७ भगवान गौतम बुद्धको मावली स्थल भएको पवित्र स्थान हो, यहाँ बैरीमाई, कन्यामाई लगायतका विभिन्न ऐतिहासिक स्थलहरु छन् । मायादेवी पार्क, स्मृति वन बाटीका, मदनभण्डारी जिवलाल आश्रित पार्कहरु छन्, यि सबैको एकिकृत विकास गर्न आवश्यक छ ।

वर्ग, भाषा, विचार जाति नभनी सबैको एकिकृत विकासकै लागि मेरो उम्मेदवारी हो ।’’ वडानम्बर ७ को समग्र समानुपातिक विकासका लागि आफ्नो टिमले उम्मेद्वारी दिएको ढकालले बताउनुभयो । उहाँले देवदहका दर्जनबढी सामाजिक संघसंस्थामा दशकौ देखि रहेको क्रियाशिलतालाई आम नागरिकको सेवा र आफ्नै गाँउठाँउको विकासका निम्ती अब खर्च गर्ने आश्वासन समेत दिनुभयो । उहाँभन्नुहुन्छ–‘‘मैले नेपाल रेडक्रस, रक्तसञ्चार केन्द्र, बाणिज्य संघ, विभिन्न धार्मिक तथा आध्यामिक संघसंस्था, समाजिक संघसंस्थामा नेतृत्व लिई सकेको छु, त्यो अनुभव र सिकाई अव आफ्नै वडाको विकासका लागि लगानी गर्ने भएकाले वडाको विकासका लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।’’

उहाँले समाजका लागि धेरै त्याग र बलिदानी दिएकाले शुन्य भ्रष्टाचारमुलक वडाका रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । देवदहमा गठबन्धनबाट मेयरमा काँगेस नेता हिराबहादुर खत्री र माओवादी केन्द्रबाट उपमेयरमा सुन्दरी गिरीले उम्मेदवारी दिनुभएको छ ।

 
 
  
 

You may also like