बुटवलको विकासमा लाग्छु ः चिनबहादुर गुरुङ

आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता चिन बहादुर गुरुङ उपप्रमुखका उम्मेद्वार छन । यो पटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन कायम गरेर बुटवलमा चुनावी मैदानमा उत्रेका छन । गठबन्धनका तर्फबाट मेयरमा खेलराज पाण्डे, उपप्रमुखमा गुरुङको उम्मेद्वारी छ । एमाले र जनमुक्ति पार्टी गठबन्धनका विरुद्धमा उत्रिएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका गुरुङ बुटवलमा भिजेका नेताका रुपमा चिनिन्छन । यातायात मजदुर क्षेत्रबाट राजीनीति शुरु गरेका गुरुङ अहिले दैनिक घरदैलौमा पुग्दै जनताको सुझाज लिदै आएका छन । २०२५ सालमा स्याङजा भिरकोट नगरपालिका साविक कालिकोटमा आमा दिलमाया र वुवा रुद्रसिंह गुरुङको कोखबाट भएको हो । गुरुङ २०४० सालमा बुटवल झरेका हुन । बुटवल उप—महानागरपालिका ३ मा बसोबास गर्र्दै आएका गुरुङ बुटवल आएपछि राजीनितमा थप सक्रिय भएका हुन । बि.सं २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी अन्र्तगत जनवर्गीय संगठन यातायात स्वतन्त्र, मजदुर संगठनको लुम्बिनी अञ्चल सदस्य हुदै उपाध्यक्ष बनेका थिए । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य गुरुङले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका हुन । सरल स्वभावका गुरुङ राजनीतिलाई छलकपटको विरोधी हुन ।
२०७७ साल पुसमा केपि शर्मा ओलीले संसद विघटन गरेपछि यसको विपक्षमा उभिए । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी लागेका उनी बुटवल नगरका अध्यक्ष हुन । प्रदेश सदस्य समेत रहेका गुरुङ हाल बुुटवल उपमहानगर वडा न. ३ को जनप्रतिनिधि समेत हुन । २०५४ सालमा साविक बुटवल वडा न ५ को जनप्रतिनिधि भएर काम गरेको अनुुभव छ । २०६२÷६३ जन—आन्दोलनमा घाईते समेत हुन गुरुङ । २०७४ को निर्वाचनमा वडा न. ३ मा लोकप्रिय मतका साथ जनप्रतिनिधिमा निर्वाचित गुरुङले केहि समय वडाको कार्यवाहक अध्यक्ष भएर जिम्मेवारी वहन समेत गरे । बुटवलमा जनजाती समुदायको बाक्लो सहभागिता रहेको तर नेतृत्वमा जनजाती नपुुगेकाले पनि यो पटक उपप्रमुखमा उम्मेद्वारी दिदा समुदायको पनि न्याय भएको उनको बुझाई छ । समानता, स्वाभिमान र अवसर सहितको बस्नलायक बुटवल बनाउने संकल्प गठबन्धनले गरेको छ । पाँच दलीय गठबन्धनबाट उपप्रमुखका उम्म्द्वार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश ।

उपप्रमुखमा तपाईको उम्मेद्वारी किन ?
बुटवल एउटा छुट्टै पहिचान र बिशेषता बोकेको ठाउँ हो । यसको आफ्नै विरासत छ । त्यसैले यो पटक म बुुटवलबासीको चाहनाको सम्बोधन गर्ने निर्णायक ठाउँमा पुुग्न चाहन्छु। म २०५४ सालदेखि निरन्तर रुपमा बुुटवलमा जनप्रतिनिधि भएर काम गरेको छु । म २०७४ सालमा सम्पन्न भएको निर्वाचनबाट वडासदस्यमा निर्वाचित भएर केहि समय कार्यवाहक अध्यक्ष भएर पनि काम गरेको अनुुभव छ ।यो अनुुभवबाट मैलै बुुटवलबासीको समस्या, यहाँको आवश्यकताबारे जानकार छु ।
म ०७४ सालमा एमालेबाट निर्वाचित भए । तर, तत्तकालीन समयमा एमाले जे जे प्रतिबद्धता गरेको थियो, ती अधिकांश कामहरु भएनन । मैलै कयौं पटक बुटवलको मुख्य समस्याका बारेमा आवाज उठाए । तर, त्यसमा कुनै सुनुवाई भएन । त्यहाँ एकाधिकारवाद हावी भयो । हुँदा हुँदा संसद विघटन गरेपछि हामील त्यो पार्टीमा बस्न सकेनौं । संविधान नै खतरामा पारेर पछि विद्रोह गरेर म नेकपा एकिकृत समाजवादीको बुटवल नगर अधयक्ष भए । आज संयोगले मैलै उपप्रमुखको टिकट पाएको छु । मलाई के विश्वास छ भने अब बुुटवल बदल्न जरुरी छ । बुटवलको जुन अस्तव्यस्तता छ । यसको परिवर्तन गर्नका लागि मेरो उम्मेद्वारी हो ।
तपाईँ त जनप्रतिनिधि भइसकेको व्यक्ति हो नी, उपप्रमुख हुँदैमा कायापलट कसरी हुन्छ ?
हो, म जनप्रतिनिधिका रुपमा काम गरेँ । तत्तकालीन समयमा जुन पार्टीबाट निर्वाचित भएको थिएँ, त्यो पार्टीले जनतासामूू गरेको कुनै पनि वाचा पूरा गर्न सकेन । मैलै नगरसभामा जति पटक कुरा उठाएपनि त्यसको नेतृत्वले सुनेन । आज म गठबन्धनबाट उम्मेद्वार बनेर बुटवलमा अपूरा, अधुरा जति पनि कामहरु छन । त्यही काम गर्नका लागि गठबन्धनको आवश्यकता परेको हो । एमालेले नेतृत्व गर्दा के हुदो रहेछ, त्यो त बुुटवलबासीले प्रष्टसँग थाहा पाएकै छन त । आज बुटवल घर हो, भन्न पनि लाजमर्दो अवस्था बनेको छ । सडकको दुराअवस्थाले त जनप्रतिनिधि हुँ भन्ने हैसियत पनि छैन जस्तो लाग्छ । मुख्य सडक मात्रै होईन  । भित्रि सडकको हालत उस्तै छ । बजारमा अस्तव्यस्तता छ । वाचा गरेको फोहोर व्यवस्थापन अझै ज्यूूँका त्यूूँ छ । तिनाउ नदी किनारमै फोहोर फाल्न बाध्य हुनुपरेको छ । खानेपानी समस्या खोई समाधान भएको ? पारी बुटवललाई विकास गर्ने, स्मार्ट सिटि बनाउने जस्ता कुराहरु के भए, छर्लङ्ग छैन । त्यसैले यो पटक बुटवल बदल्न नेतृत्व पनि परिवर्तन गर्नुुपर्छ । त्यसको नेतृत्व गठबन्धनले गर्दैछ । म उपप्रमुख भएर एक पटक कसरी काम गर्नुुपर्छ भनेर देखाउन पनि चाहन्छु ।
बुटवलमा एमालेले आफ्नो गण मानेको छ ? तपाईहरुले कसरी जित्नुुहुन्छ ?
ठिक भन्नुुभयो, एमाले विगतमा गढ थियो । त्यो कस्ले बनाएको थियो ? त्यो हामीजस्ता इमान्दार कार्यकर्ता थियौं । त्यसैले एमाले बलियो बनेको थियो । आज त्यो पार्टीमा म जस्ता इमान्दार कार्यकर्ता कोही पनि छैन ।इमान्दार कार्यकर्ताको पंक्ति थियो र पो बलियो शक्ति एमाले बनेको थियो । तर, आज हेर्नुुस् त्यो पार्टी आज के हुँदैछ । तपाईहरुले हेर्नुभयो भने आज बुटवलमा हार्ने निश्चित भएपछि विष्णुु पौडेल रातदिन नभनी कार्यकर्ता भेट्दै हिड्नुुभएको छ । विष्णुु पौडेल नै घरघर जानुपर्ने अवस्थाले एमाले बुुटवलमा कति कमजोर बनेछ भनेर सहजै भन्न सकिन्छ । हामी विभाजन भएका होईनौं, विद्रोह गरेका हौं । कम्यूूनिष्ट विचारबाट स्खलीत पार्टीमा इमान्दार पंक्ति छैनन । अर्कोतर्फ बुटवलबासीले एमाले नेतृत्वको स्थानीय सरकार हुँदा के चाँहि भयो, तपाईहरु नै विश्लेषण गर्नुस् न । आज हामीलाई कमजोर देख्नेहरुले हामीले यति छोटो समयमै बुटवलका १९ वटै वडामा कमिटि गठन गरेका छौं । इमान्दार नेता कार्यकर्ताहरु हामीसँग हुनुहुन्छ । होला एमालेले भिड जम्मा गर्न सक्ला । तर, त्यो भिड नेता र कार्यकर्ताको त होला । तर, जनमत हामीसँग छ । हाम्रो पार्टी एकिकृत समाजवादी सहित काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राजमो सँगै छौं । यो शक्ति आफैमा काफी छ । त्यसमाथी एमालेले गरेको संविधानमाथीको प्रहार अनी बुटवलमा जे गर्छु भनेको छ, त्यो काम नै नगरेकाले झनै सहज छ ।
तपाईले चुनाव जित्ने आधार के हो त ?
पहिलो कुरा हामी पाँच दलीय गठबन्धनमा छौं । दोस्रो कुरा हामीले बुुटवलबासीलाई धोका दिएका छैनौं । अहिले पाँच दलीय गठबन्धनको साझा संकल्प भनेको बुुटवलको विगतदेखिको विरासतलाई कायम गर्ने, बुटवललाई आर्थिक र व्यापारिक केन्द्र बनाउनै हो । आज बुुटवलले जे बदनामी कमाएको छ । त्यो कस्को कारणले भयो ? आज बुटवलमा कोही नयाँ पाहुुना आयो भने बुटवलमा बमबारी भएजस्तो देखिन्छ । विगतमा एमालेले जे काम गर्छु भनेको थियो, त्यो केहि पनि काम भएको छैन । फोहोरको समस्या, खानेपानी, सडकको अस्तव्यस्तता, स्थानीय सरकारले लिने करमा महंगी, ज्योतिनगर पहिरो प्रभावितको समस्या समाधान नहुनुु ,।
यति मात्रै होईन, सबैभन्दा ठूूलो समस्या भनेको तिनाउ नदी छेउछाउको बस्तीका अव्यवस्थित बसोबासीहरुलाई लालपूूर्जा दिने वाचा कहाँ पुुग्यो । अहिले सुुकुम्बासीका नाममा, पहिरोको नामममा राजनीति भइरहेको छ । हो, यो सबै काम कस्ले ग¥यो भन्दा एमालेले गरेको छ । त्यतिमात्रै होईन तिनाउ दानव करिडोरका नाममा नागरिकलाई बुटवल उपमहानगरले विस्थापित गर्न खोज्यो । विकास त गर्ने हो तर, आज सुकुम्बासीलाई लालपूर्जा दिनुको सट्टा उल्टै घरमा डोजर लगाउने काम भएको छ । यो सबै काम कस्ले गरेको छ, जनताले बुझेकै छन त । त्यसैले यो पटक चुनव जित्ने आधार भनेको एमालेले केहि काम पनि गर्न नसक्नुु नै हो । बुटवलका प्रत्येक नागरिकले झुुट कुरा गर्ने पार्टीका नेतालाई मत दिनुुहुन्न । म विश्वास दिलाउन चाहन्छुु, हामी ढाँटदैनौं ।
घरदैलौमा पुग्दा के कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैलै धेरै सकरात्मक उर्जा पाएको छु । बुटवलबासीहरुले यो पटक नेतृत्वमा नयाँपन खोजेका छन । यो भन्दा अगाडि जुन पार्टीले नेतृत्व ग¥यो, त्यसले आम जनताको समस्या सम्बोधन गर्न सकेको छैन । आज बुटवलको अस्तव्यस्ततालाई चिर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, खानेपानी, ज्योतिनगरको पहिरोको समस्या समाधान गर्ने नेतृत्व खोजेका रहेछन । मैलै घरदैलौमा पुग्दा हामीबाट आशा धेरै गरेको पाए । बुटवल बनाउने आर्शिवाद पाएको छु ।

तपाईको प्राथमिकता के हो ?
मेरो पहिलो प्राथमिकता भनेको बुुटवललाई सुुन्दर र सफा शहर बनाउनेमा केन्द्रीत रहनेछ । आज बुुटवलको मुख्य सडकले बुटवलको बदनामी भइरहेको छ । यसो हुनुमा स्थानीय सरकार बेखबर जस्तै गरि बस्नुु पनि हो । अर्को कुरा ज्योतिनगरमा चुरेबाट खसेको पहिरो नियन्त्रणमा स्थानीय सरकारले काम नै गरेन । म आफै पनि बुटवल ३ को बासिन्दा भएकाले पहिरो नियन्त्रणमा वहालवाल मेयर शिशवराज सुवेदीले वास्ता नै  गर्नुुभएन ।
त्यसैले मैलै चुरेको पहिरो नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नेछु । अर्को दोस्रो कुरा अव्यवस्थित बासेबासी र सुकुम्बासी समस्या समाधान गर्नमै हुुुन्छ । आज बुुटवल उपमहानगरमा एमाले नेतृत्वले चुुनावको मुखमा जे काम गर्छुु भन्यो, त्यो काममा कुनै ध्यान दिएन । म आफैले कतिपटक कुरा उठाए । तर, मेयरले कहिल्यै चासो लिनुुभएन । यतिसम्मकी नयाँ सरकार गठन भएपछि बनेको भूूमिहिन सुुकुम्बासीको समस्या समाधान गर्नका लागि सम्झौता समेत गर्न नगएर एमाले नेतृत्वको स्थानीय सरकारले लालपूूर्जा पाउनबाट बञ्चित गराएको छ । त्यसैले यो समस्या समाधान गर्ने र अब सुुकुम्बासीका नाममा राजनीति गर्ने वातावरणको अन्त्य गर्नेछौं ।
अर्को कुरा बुुटवल आर्थिक र व्यापारिक केन्द्रका रुपमा विकास गरिनेछ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमकितामा राख्नेछौं । हामीले संकल्प प्रस्ताव पनि ल्याएका छौं । पालिकाले लिँदै आएको घरवहालकर, इ—रिक्सा सवारी कर, हाटबजार बैठकी कर र सिफारिस शुुल्क घटाउने संकल्प गरेका छौं । त्यस्तै निशुल्क स्वास्थ्य विमा गर्ने, महिलाका लागि निशुल्क सेनटरी प्याड उपलब्ध गराउछौं, बुटवल उपमहानगरले २ वटा अस्पताल सञ्चालन गर्नेछौं ।
बुटवल, सैनममैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर लगायतका पालिकाहरुहरुको एकिकृत विकासका लागि बुटवल भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय गर्नेछौं । नागरिकलाई राहात दिने कामसँगै यस क्षेत्रका विज्ञहरुको क्षमता पहिचान गरेर प्रयोगमा ल्याउनेछौं ।
त्यसैगरि लैंगिक हिंसा र विभेद अन्त्यका लागि बिशेष कार्यक्रम सञ्चालन गरिनेछ  । जसरी बुटवल मानवताको सहर भनेर चर्चा गरिएको छ त्यो काम भएकै छैन । विभेदहरु यो सहरमा देखिन्छ । त्यसैले हामी न्याय, समानताको पक्षमा काम गर्नेछौं । त्यसैगरि रिंगरोड निर्माण, ट्राफिक व्यवस्थापन, पारी बुटवललाई ऐतिहासिक शहरका रुपमा विकास गर्ने कामलाई प्राथमिकतामा राख्नेछौं ।
तपाईँलाईको प्रतिस्पर्धी महिला हुनुहुन्छ ? यसले तपााईलाई असर गर्दैन ?
मैलै पनि यस्तो सुनेको छुँ । तर, नेपालको संविधानले प्रमुख र उपप्रमुख मध्ये एक जना महिला भनेर भनेको छ । उपप्रमुखमा महिला हुनुपर्छ, प्रमुख महिला हुनुहुँदैन भनेर भनेको छैन । तर, यहाँ एउटा चर्चा के गराईदैछ भने महिला भनेको उपप्रमुख मात्रै हुन भनेर मान्छे उचाल्ने काम भएको छ । हाम्रो पार्टीले बुटवलमा महिला मेयर बनाउने योजना बनाएका थियौं । तर, पछि गठबन्धनका कारणले म उपप्रमुखमा उठनुुुपरेको हो । तर, हामीले तिलोत्तमामा महिलालाई मेयर बनाएका छांै । लुम्बिनी साँस्कृतिक नगरपालिकामा महिला नै प्रमु्ख हुनुहुन्छ । आज जसले महिला भएन भनेर भनेका छन नी,? ती पार्टीहरुले महिला प्रमुख किन नबनाएको मेरो प्रश्न छ । त्यति मात्रै होईन आज काठमाडौंको मेयर महिला ंिहसा गर्ने उम्मेद्वार कुन पार्टीले उठाएको छ । त्यसबारे खोईन उहाँहरु बोल्नुुभएको ।
महिलाको संख्या बारे म पनि सचेत छुु । तर, महिला उपप्रमुख हुँदा के चाँहि महिलाका लागि काम भयो । आज समिक्षा गर्ने की नगर्ने । न्यायिक समिति कति सक्रिय भयो । त्यसैले महिलाको अधिकारलाई सम्बोधन गर्न म सदैव तयार छुु । बुुटवलमा महिला उपमेयर हुँदा भन्दा बढि काम गर्छुु ।
तपाईले उपप्रमुखले चढ्ने गाडी असाहय, अनाथहरुको लागि एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको थियो ? यो किन गर्नुभयो ?
वास्तवमा जनप्रतिनिधि भनेको सेवक हुन । हामी त्यहाँ जनताको मत लिएर जानुको अर्थ सुखसुविधा आफैले लिने होईन । म आजसम्म राजनीतिमा जसरी लागेको छु, यो सबै त्यागबाट नै भएको हो । त्यसैले म उपप्रमुखको उम्मेद्वार हुँदै गर्दा उपप्रमुखले चढ्ने गाडी, असाहय, अनाथ, जेष्ठ नागरिक, गर्भवती महिला, विपन्न समुदायका लागि एम्बुलेन्स सेवा दिनेछु । त्यसो त हामीले निशुल्क एम्बुलेन्स सेवा दिने संकल्प पनि गरेका छौं । तर, मैलै व्यक्तिगत रुपमा आफूले आफ्नै गाडी चढ्नेछु । उपप्रमुखको गाडी जनताको लागि प्रयोग गर्ने प्रतिबद्धता गरेको हुँ ।

अन्त्यमा के भन्नुुहुन्छ ?
बुुटवल भनेको नेपालको मध्यभागमा रहेको  सामरिक महत्व र व्यापारिक आर्थिक हिसाबले केन्द्रभागमा छ । आज बुुटवलले विकास पर्खिरहेको छ । हुन त मतदाताहरुले सबै उस्तै हुन भनेर भन्छन । तर, होईन, अब को सहि र को झुुट छ त्यसको सामना गर्ने बेला आएको छ । हामी गठबन्धनबाट संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता बचाउने अभियानमा छौं । आज राजधानी बनाउछुु भनेर ढाट्ने, फोहोर प्रशोधन केन्द्र बनाउछुु भनेर ढाट्ने, स्मार्ट सिटि, लालपूर्जा वितरण, खानेपानी समस्या ज्यूँका त्यूूँ छोड्ने पार्टीलाई जनताले रुचाएका छैनन । त्यसैले मेयरमा काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा मलाई भोट दिन अपिल गर्दछुु ।

 
 
  
 

You may also like