बुटवल ७ मा एमालेद्वारा घरदैलो कार्यक्रम

बुटवल।नेकपा एमाले बुटवल उपमहानगरपालिकाले निर्वाचन प्रचरप्रसारको क्रममा आईतवार बुटवल वडा नम्बर ७ मा घरदैलो गरेको छ। बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाईरहेको छ । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्रा अर्याल तथा वडा अध्यक्षका उम्मेदवार सीता थापा आचार्यको नेतृत्वमा वडा सदस्यका उम्मेदवार सहितको र्यालिसहितको टोलिले घरदैलो गरेको हो।
घरदैलोको क्रममा सर्वसाधारणले एमालेको अगुवाइबाट नै बुटवलको बिकासले फड्को मारेको भन्दै अबपनि बाँकि काम पूरा गर्न एमालेको जित अनिवार्य रहेको बताएका थिए।
बुटवलको समृद्धिमा एमालेले अगाडी सारेका नारा लेखिएका व्यानर र झण्डा बोकेर घर आँगनमा पुगेका उम्मेदवारहरुलाई जेष्ठ नागरिकहरुले टीका र फुल लगाईदिएर जितको शुभकामना दिएका थिए।
बुटवलको बिकासमा एमालेले गरेका कामहरुलाई हेरेर पनि एमालेका उम्मेदवारलाई भोट हाल्ने उनीहरुले वचन दिएका थिए ।
नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईले आफू जुन संस्थामा पुगेपनी त्यहाँ परिवर्तन गरेर देखाएको उल्लेख गर्दै बुटवलको बिकासमा योगदान गर्ने अवसर दिन मतदाताहरुलाई आग्रह गरे । उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफ्नो जिवननै महिला र सामाजिक बिकासमा समर्पित रहेको र एकपटक नेतृत्व तहमा रहेर काम गर्ने अवसर दिन आग्रह गरिन।

 
 
  
 

You may also like