देवदह १० चरंगेका भएको घटनाप्रनि काँग्रेसको ध्यानाकर्षण

१८ बैशाख २०७९, आईतवार

बुटवल। गयराती देवदह १० चरंगेका भएको घटनाप्रनि नेपाली काँग्रेस देवदहको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेको प्रचार प्रसारमा हिडेको गाडीमा टाँगिएको ब्यानर, पोस्टर र झण्डामा काँग्रेसका कार्यकर्ताले क्षति पुराएको भन्दै गरिएको प्रचारबाजी भ्रामक षडयन्त्रपुर्ण भएको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस स्वच्छ र मित्रवत प्रतिष्पर्धामा बिश्वास गर्ने र प्रतिष्पर्धी वा बिपक्षीलाई सम्मान गर्ने पार्टी भएको स्मरण गराउदै नेकपा एमालेले आफ्नो कमजोर उपस्थितीलाई ढाकछोप गर्न र निर्वाचनमा हारको मानसिकताबाट गुज्रेका कारण आफैले घटना घटाएर आरोप लगाएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ ।
नेपाली काँग्रेस देवदह १० का निवर्तमान वडाध्यक्ष तथा बर्तमान अध्यक्ष पदका उम्मेदवार एक बहादुर सुनारले भने यसरी अज्ञात समुहले गरेको कुनैपनि दलको प्रचार सामाग्रीमा क्षति पुराउने खालको अराजनैतिक क्रियाकलापप्रति नेपाली काँग्रेस दुःख ब्यक्त गर्दछ । अज्ञात समुहबाट भएको घटनाको स्वतन्त्र रुपले उचित छानविन नै नगरि नेपाली काँगे्रसमाथि लगाइएको आरोपप्रति देवदह काँग्रेसले खेद प्रकट गरेको सभापति गुणखर भुर्तेलले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया