देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु ः खत्री

देवदह।रुपन्देही देवदहका मेयरका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई नमुना पर्यटकीय गन्तब्य बनाउने गरि योजना अगाडि सारेको बताउनु भएको छ ।

उहाँले देवदह ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले देवदहका हरेक वडामा पार्क निर्माणको योजनालाई पुर्णता दिदै नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना आफ्नो रहेको बताउनुभयो । मेयरका उम्मेदवार रहनु भएका खत्रीले शनिबार घरदैलोका क्रममा स्थानीयसँग योजना सुनाउँदै भगवान बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजनालाई पुर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले पर्यटन, कृषिको सम्भावना बोकेको नगरलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने योजनाको गृहकार्य समेत भएको उल्लेख गर्दै देवदहका युवाहरुलाई दक्षताअनुसारको सीप सिकाउने र दिलाउने कुरामा अहिलेको गठबन्धन जिम्मवारीका साथ काम गर्ने आश्वासन दिनुभयो ।

उहाँले देवदहका सबै वडामा शिक्षा, स्वास्थ्य, खानेपानी सबैका लागि सर्वसुलभ बनाउने गरि काम गर्ने पनि बताउनुभयो । देवदहमा मेयरका लागि काँग्रेसबाट हिराबहादुर खत्री र माओवादीबाट उपमेयरमा माओवादी केन्द्रबाट सुन्दरी गिरीले उम्मेदवारी दिनुएको छ ।
देवदहमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ ।

 
 
  
 

You may also like