बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनुपर्छ : खेलराज पाण्डे

बुटवल ।बुटवल उपमहानगरका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले पाण्डेले आफुले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने बताउनु भएको छ ।

बिहीबार बुटवलमा भएको घरदैलोका क्रममा संचारकर्मीसँग कुरागर्दै उहाँले यसअघि बुटवलको नेतृत्व सम्हालेकाहरुले बुटवल र बटौलीको एतिहासिक महत्व जोगाउन नसकेकाले आफु त्यतातर्फ केन्द्रीत रहने बताउनुभयो ।

उहाँलेभन्नुभयो–‘मैले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने प्रतिबद्धता व्यक्त गदर्छ, चुनावको बेलामा भाषण गरेर होईन जितेपछि काम गरेर देखाउने विश्वास बुटवलबासीलाई दिन चाहन्छु ।’ एमालेकै कारण राजधानी बुटवलबाट गएको बताउँदै कांग्रेस बुटवलको नगर सभापति समेत रहेका पाण्डेले अव बुटवललाई आर्थिक राजधानीकारुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले बुटवल उपमहानगरका वर्तमान मेयर शिवराज सुबेदीले एकलौटी उपमहानगर चलाउन खोज्दा नगरबासीमा निरासा छाएको टिप्पणि गर्नुभयो । सबैलाई मिलाएर र सबैसँगको सहकार्यमा बुटवल नगरको विकास हुनसक्ने उल्लेख गर्दै उहाँले बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले उपमहानगरको कमजोरी कै कारण हजारौंको संख्याका अव्यवस्थित बसोबास गरिरहेका नागरिकले लालपुर्जा पाउन नसकेको दुखेसो पोख्नुभयो । बुटवललाई ब्यवस्थित सहर बनाउने कुरामा उहाँले आफ्नो प्रतिवद्धता दिनु भएको छ ।

 
 
  
 

You may also like