नेपाल वाइडवडि गौतम बुद्ध विमानस्थलमा सफल अवतरण

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको उक्त बिमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले ५.५५ बजे अवतरण गरेको हो।

काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्चारकर्मी पर्यटन ब्यवसायी सहित उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवा मा ४५ मिनेटमै अवतरण गरेको थियो।

विमानस्थलमा पहिलो पटक ठुलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होईन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित छन्।

 
 
  
 

You may also like