यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौं । अहिले नेपालको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का थोरै स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनर चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like