जनसेवा एकता क्लबको भलिबल प्रतीयोगीता :उपाधी सैनामैना २ को पोल्टामा

बुटवल। सैनामैना नगरपालीका वडा नम्बर ७ मा रहेको जनसेवा एकता युवा क्लबले आयोजना गरेको भलिबल प्रतीयोगीताको उपाधी वडा नम्बर २ ले हात पारेको छ ।

फाइनल प्रतीस्पर्धामा सैनामैना ९ लाइ शानदार पराजीत गर्दै २ ले उपाधी हत्याएको हो। उपाधी बिजेता टोलीले नगद १५ हजार ट्रफी , मेडल, तथा प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिमले ८ हजारमा चित्त बुझाएको छ । क्लबका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरीक तथा समाजसेबी मनकला ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने सन्चालन थानेश्वर पन्थिले गरेका थिए । कार्यक्रममा क्लबलाइ बिभिन्न हिसाबले सहयोग गर्ने सहयोगी दाताहरुलाइ समेत सम्मान गरिएको क्लब कृष्ण गौतम क्षेत्रीले बताए ।

स्थानीयस्तरको क्लब भइकन पनी खेलकुदका बिबिध कार्यक्रमलाइ निरन्तरता दिने अध्यक्ष पौडेलले प्रतीबद्धता जनाएका थिए । समापन कार्यक्रममा क्लबल स्थापनाकालदेखी क्लबलाइ हरेक तवरले सहयोग गर्दै आइरहेका दिंवगत सदस्यका परीवारलाइ बिशेष योगदानको दोसल्ला ओडाएर सम्मान गरेको कार्यक्रम सन्चालक थानेश्वर पन्थिले जानकारी दिए ।

 
 
  
 

You may also like