पाल्पामा बस दुर्घटनामा हुँदा दुईको मृत्यु, चार जनाको अवस्था गम्भीर

पाल्पा । पाल्पामा शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राति मृत्यु भएको छ ।

शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परी रैनादेवि गाउँपालिका-६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा चार जना बालकहरू गम्भीर घाइते भएका छन् ।

सोही वडाको पानीडाँडाबाट जुठापानीतर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडकदेखि करिब चार सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरूमध्ये तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like