१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८,

बुटवल।बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधिका लागि वडा नं ८ र वडा नं १७ को खेल हुने भएको छ । शनिबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ८ ले वडा नं ७ लाई २—० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वडा नं ८ का लोक पुन नायक रहे । उनले खेलको ४३ औ मिनेटमा शानदार गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५७ औ मिनेटमा प्रबिन थापाले दोस्रो गोल गरे । खेलमा वडा नं ८ का लोक पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । फाईनल खेल सोमबार हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

 
 
  
 

You may also like