संसदीय पत्रकारका लागि क्षमता अभिबृद्वि तालिम लुम्बिनीमा सुरु

बुटवल । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशकाे आयोजनामा बिहीबारदेखि लुम्बिनीमा ३ दिने संसदीय पत्रकारका लागि क्षमता अभिबृद्वि तालिम सुरु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरूद्दिन खानले राज्यलाई गलत बाटोमा जान नदिन पत्रकारहरूकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसमा पनि संसदीय मामिलाकाे रिपोर्टिङ गर्ने पत्रकारहरू थप जिम्मेवार हुनुपर्ने धारणा राखे ।
पत्रकारहरूकाे कलम जति जनप्रतिनिधिहरूप्रति साेझियाे त्यति जनप्रतिनिधिहरू सच्चिने माैका मिल्ने बताउदै उनलेे त्यसका लागि पत्रकारहरू पनि चनाखो हुनुपर्ने विचार ब्यक्त गरे ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले संसदीय मामिला पत्रकार र प्रदेश सभा सचिवालयबीच समन्वय हुन जरुरी भएको बताउदै समन्वय नहुदा गलत सुचना जानसक्ने तर्फ पत्रकारहरू पनि सजग हुनुपर्ने उल्लेख गरे ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारहरूकाे क्षमता अभिबृद्वि गर्ने बिषयमा प्रदेश सरकार सम्वेदनशील नभएको भन्दै संचार क्षेत्रमा छुट्टयाइएको वजेट समेत मन्त्रालयहरूले आफुखुसी खर्च गर्ने गरेको गुनासो गरे ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेखरेल,प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे,नेपाल प्रेस युनियन रूपन्देहीका सभापति रेखा भुसाल,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सल्लाहकार यमलाल भुसाल,महासचिव सीपी खनाल,काेषाध्यक्ष लक्ष्मण पाेखरेल लगायतले तालिमको उपयाेगिता र महत्त्वका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

रूपन्देही र दाङका गरि ४० जना पत्रकारहरूकाे सहभागीता रहेको तालिममा प्रमुख प्रशिक्षककाे रूपमा ईकागज अनलाइनका प्रधान सम्पादक हरिबहादुर थापा,लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन लगायतले संसदीय अभ्यास र संसदीय रिपोर्टिङ गर्दा अपनाउनुपर्ने बिषयमा सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like