लुम्बिनी प्रदेश सरकारद्वारा गुल्मी रुरुक्षेत्र रिङरोडको लागि ४ करोड बिनियोजन

बुटवल।गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा रिङरोड सडक निर्माण हुने भएको छ । रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भैसकेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नागरिक अनलाइलाइ जानकारी दिए ।

उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रूरूक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाईए पनि अब भने सपना पुरा गरिने बताए ।

बराल मन्त्री छँदा उनका स्वकिय सचिव रहे यता ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा विकास योजनाहरु थुप्रै स्थानमा पारेको स्थानीयवासीको भनाई छ ।

बहुबर्षिय योजनामा परेको बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड समानान्तर ढंगले निर्माण हुने छ ।

 

 
 
  
 

You may also like