एमाले सैनामैना ७ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

बुटवल । नेकपा एमालेकोे चुनाबी अभियान अन्र्तरगत सैनामैना ७ मा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी निर्वाचन वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको शाखा कमिटी अध्यक्ष भिमकान्त न्यौपानेले जानकारी दिए ।

वडामा पार्टिका गतिबिधी बढाउन चुनाबी केन्द्रित कार्यक्रमका लागी एमालेले नगरका बिभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गरिरहेको छ । वडा नम्बर ७ को सम्पर्क कार्यालयको उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले एमाले नेतृत्वको सरकारले गरेको बिकास देखेर केहि मान्छेहरु अहिले आएर छटपटाएको बताए ।

उनले सैनामैनामा आएका ठुला ठुला योजनाहरुमाथी बिभिन्न टिकाटिप्पणी शुरु भएको बताउदै राम्रो कामलाइ राम्रो भन्न नसक्नु मुर्खताको संज्ञा दिए । ढकालले अप्राकृतिक रुपमा बनेको गठबन्धन सरकारले देशको आर्थिक अबस्थालाइ ध्वस्त बनाएको बताउदै सुखी नेपाली समृद्ध नेपालका लागी फेरी पनी एमालेलाइ नै जिताउनुपर्नेमा जोड दिए । नगरमा जस्तोसुकै गठबन्धन आएपनी एमालेलाइ फरक नपर्ने बताएका ढकालले बिकास बिरोधीहरुलाइ चुनाबबाट पाखा लगाउन कार्यकर्ताहरुलाइ निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्य तथा सैनामैना इन्चार्ज मिनप्रसाद पौडेल, जिल्ला कमिटी सदस्य कुलप्रसाद चापागाइ लगायतले बोल्दै जस्तोसुकै संकटमा पनी एमालेको बिकल्प नरहेको बताउदै सम्पर्क कार्यालयबाट चुनाब लक्षीत कार्यक्रमलाइ प्रभाबकारी ढगले अघि बढाउन आग्रह गरेका थिए । शाखा कमिटी अध्यक्ष भिमकान्त न्यौपानेको अध्यक्षता वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डेको स्वागत तथा सचिब टेकप्रसाद बस्यालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like