ओलीको उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद हाम्रो सभापतिलाई छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने बताएका छन् ।

आज (शनिबार) कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभावी प्रश्नको जवाफ नदिने बताएका हुन् । ‘ओलीका हलुका, उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन । आवश्यक परे हामीले दिने हो’, उनले भने ।

यसअघि, शनिबारै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यंग्य गरेका थिए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले होइन, यदि काल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिष्टलाई भन्दा कांग्रेसलाइ भोट हाल्थे’, शर्माले भने ।

 
 
  
 

You may also like