धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीको रक्तदान सम्पन्न

बुटवल ।धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीले छैटौ बार्षिकोत्सवको अबसरमा बुटबलमा रक्तदान सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको हो।

कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष थानेश्वर पौडेलले धातिबाङबाट विभिन्न सिलसिलामा रुपन्देही आएकाहरुलाई एकतावद्घ गराई संस्थागत सामाजिक कार्यमा बढेको बताए। स्थापनाकालदेखि गरिब, दुखी, अनाथहरुलाई नियमित सहयोग गदै आएको उनले बताए। संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको भन्दै रगत नपाएर कसैको ज्यान जान नपरोस भन्ने मुल उद्धेश्य रहेको बताए।

संस्थाका सचिब नवराज पौडेलले कोभिड संक्रमणको बेला धेरै कार्यहरु समेत गरेको बताए। कार्यक्रममा ३० युनिट रगत सङकलन भएको संय‍ोजक तुल्सीराम पौडेलले बताए।

 
 
  
 

You may also like