बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम गरिएको छ । रंगको पर्व होलीको अवसरमा बिहिबार संघको सभाहलमा होली मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघ र उद्योगी व्यवसायी तथा अन्य व्यवसायिक संघसंस्था बिचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघले व्यवसायिक हक हितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै व्यवसायिक समस्या समाधानको लागि सबै व्यवासयिक संस्थाहरु एकजुट भएर लाग्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रभु बैंकका लुम्बिनी प्रदेश प्रमुख सुवास कुवँर, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव), उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरे, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । होलीलाई त्रेता यूगमा भगवान विष्णुका भक्त प्रहलादसंग जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिईन । सोही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ ।

होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरुपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरिन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घटनाको स्मृतिमा उल्लाख मनाउन ‘सत्य डग्दैन असत्य टिक्दैन’ भन्ने मान्यताका साथ यो पर्व शुरुवात भएको मानिन्छ ।

 

 
 
  
 

You may also like