व्यापार संघमा पोल्ट्रीजन्य एवं कस्मेटिक उपसमिति गठन

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध पोल्ट्रीजन्य तथा कस्मेटिक व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । पोल्ट्रीजन्य र कस्मेटिक व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै हरिप्रसाद कंडेलको संयोजकत्वमा ९ सदस्यीय पोल्ट्रीजन्य वस्तुगत उपसमिति र गोकुल ज्ञवालीको संयोजकत्वमा १२सदस्यीय कस्मेटिक तथा श्रृंगार बस्तुगत उपसमिति गठन गरेको हो ।
पोल्ट्रीजन्य वस्तुगत उपसमितिको सह–संयोजकमा कृष्ण जि.सी., सचिवमा निमप्रसाद नेपाल र कोषाध्यक्षमा रेशमलाल आचार्य रहनु भएको छ । यस्तै सदस्यहरुमा कमल बस्याल, प्रदिप कु“वर, खुमानन्द गैरे, प्रकाश जि.सी., प्रकाश भण्डारी र सल्लाहकारमा मुकुन्द पौडेल, गोविन्द खड्का रहनु भएको छ । आजै सम्पन्न कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको सह–संयोजकमा विजय सुवेदी, सचिवमा सरोज ज्ञवाली, कोषाध्यक्षमा मोति काफ्ले, सह–सचिवमा कल्पना शर्मा र सह–कोषाध्यक्षमा विनय कसौधन रहनुभएको छ । यस्तै सदस्यहरुमा रहमतुल्ला मिया, विकास गुप्ता, प्रकाश भण्डारी, जिवन काफ्ले, गोपाल रेग्मी, रमिन मिया, मौहसीन मोहम्मद, र सल्लाहकारहरुमा शंकर पौडेल, दिपक खरेल, मित्रलाल कंडेल, प्रमानन्द पन्थ रहनुभएको छ ।
भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक एकताको बलमा मात्र आफना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एक भएर बस्न आग्रह गरेका थिए । उनीहरुले व्यवसायका क्रमा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिएका थिए ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारी, सह–सचिव ऋषिराम पाण्डे, सह–कोषाध्यक्ष मनिराम खनाल, कार्यसमिति सदस्य मनिमदिन मिया, मेघनाथ पौडेल, शोभा जोशी क्षेत्री, जिवनारायण घिमिरेलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो ।

 
 
  
 

You may also like