नागरिकताले मात्र पुर्ण अधिकार स्थापित हुँदैन : एलजिबिटिआईक्यू

झविन्द्र देवकोटा
बुटवल । संविधानले दिएको लैंगिक पहिचानसहितको नागरिकता दिने प्रावधानले मात्र आफुहरुको पुर्ण अधिकार स्थापित हुन नसकेको यौनिक तथा लैंगिक समुदायका ब्यक्तिहरुले बताएका छन् ।

संविधानले दिएको अधिकारमा सबै ब्यक्ति समान भनेर उल्लेख गरेतापनि अवस्थामा परिवर्तन नआएको भन्दै उनीहरुले राज्यसंग समान अधिकारको माग गरेको हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले बिहीबार बुटवलमा गरेको समस्या, चुनौति र समाधान सम्वन्धि अन्तकिृया कार्यक्रममा सहभागि भएका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआईक्यू) समुदायका ब्यक्तिहरुले नागरिकतासँगै शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा समानअधिकार स्थापित हुने पर्ने बताएका हुन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भुुमिका श्रेष्ठले राज्यले सबै नागरिक समान भनेर सम्वोधन गरेतापनि कार्यान्वयननै हुन नसकेकोप्रति गुनासो गर्नुभयो । उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई जबसम्म आर्थिक रुपमा बलियो र आर्थिक रुपमा सवल बनाईदैन तबसम्म समुदायमा यो समुदायले विभेद खेपि रहनु पर्ने अवस्था आई रहने धारणा राख्नुभयो । उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि मात्र होईन, समग्रा उत्पीडनमा परेका, विपन्न र आर्थिक अवस्था कमजोर भएका महिलाको पक्षमा महासंघ सक्रिय रहने बताउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेश शिक्षा मन्त्रालयका उपसचिव यमबहादुर केसी, आन्तरिक मामिला मन्त्रालयका उपसचिव दामोदर भण्डारी लगायतले सरकारले देखाएको कार्यदिशा अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो ।

सबै वर्ग समुदायका समान सहभागिता र अधिकारका लागि आफुहरु सकारात्मक रहेको धारणा राख्नुभयो । एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका मानवअधिकार परियोजना संयोजक रेशम न्यौपानेको संचालनमा भएको कार्यक्रमा साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक राना, एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका कार्यक्रम संयोजक मनिला न्यौपाने, नवजीवन कपिलबस्तुका अध्यक्ष मुस्कान क्षेत्री, तेस्रोलिङ्गी पुस्पा लामा, परि क्षेत्री, समलिङ्गी टिकाराम भुषाल लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि सबै तह र तप्काबाट सहयोग रहनु पर्ने धारणा राख्नु भएको थियो । मानवअधिकारका क्षेत्रमा काम गर्ने विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अवसरमा पारेर अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार अवार्ड–२०२२ बाट पुरस्कृत भएकोमा भुमिका श्रेष्ठलाई साहसी कदम नेपाल रुपन्देहीले सम्मान गरेको थियो ।

 
 
  
 

You may also like