पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि , पेट्रोलको मूल्य प्रतिलिटर १५५ पुग्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि गरेकाे छ।निगमले पेट्राेल डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएकाे हाे।

अब बढेकाे मूल्य अनुसार पेट्राेल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलकाे मूल्य १३८ रुपैयाँ पुगेकाे छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर दुई सय अमेरिकी डलर वृद्धि गरिएकाे छ।

 
 
  
 

You may also like