बागमतीसहित चार प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्ह्तिर मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो । देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

 
 
  
 

You may also like