तिलोत्तमा प्रिमियर लिग : सियारी पनि बाहिरियो, मणिग्राम र पाल्पाको सेमिफाईनलमा स्थान सुरक्षित

by समतल अनलाइन

बुटवल । सियारी राइनोज् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि तिलोत्तमा प्रिमियर लिगबाट बाहिरिएको छ भने पाल्पाली लिजेन्टस् र मणिग्राम किंगस्ले सेमिफाइनलको यात्रा तय गरेका छन ।

आज सम्पन्न दोस्रो सुपर ११ भैरहवासंंगको खेलमा ४ विकेटले पराजित भएपछि सियारी प्रतियोगिताबाट बाहिरिएको हो । यसअघिका सबै खेलमा हार ब्यहोरेको भैरहबाले आज प्रतिष्ठाका लागि खेलेको आजकोखेलमा भने जीत निकालेको हो ।

यता सियारीको हारसंगै पाल्पाली लिजेन्डस् र मणिग्राम किंगस्ले सेमिफाइनलमा स्थान शुरक्षित गरेका छन ।

टस जितेर ब्याटिङ्ग रोजेको सियारीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १ सय ३९ रनको योगफल तयार पारेको थियो ।
जवाफमा भैरहबाले अन्तिम ओभरको पाँचौ बलमा १ सय ४० रनको लक्ष्य भेटेको थियो । भैरहबाको जितका लागि राहुल बिकले सर्बाधिक ४६ रन र सहव आलमले ३२ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा भैरहबाका साहव आलम म्यान अफ द म्याच र राहुल बिक मष्ट भ्यालुएवल खेलाडी बन्न सफल भए । खेलकुद पत्रकार मञ्च रुपन्दहीका अध्यक्ष सुमन अधिकारीले म्यान अफ द म्याच र मष्ट भ्यालुएवल खेलाडिको पुरस्कार प्रदान गरेका छन ।

यस अघि आजको पहिलो खेलाम तिनाउ टाइटन्स्लाई ४६ रनले पराजित गर्दै रुपन्देही पल्टन्स्ले तिलोत्तमा प्रिमियर लिगको शनिबारको पहिलो खेलमा जित निकालेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्ष्यतिमा १ सय ७२ रनको योगफल तयार परको हो । रुपन्देही पल्टन्स्को जितका लागि बिराट भण्डारीले ६१ रनको योगदान गरे भने कुसल भुर्तेलले ५९ रनको बनाए ।

जवाफमा ब्याटिङ्ग थालेको तिनाउ टाइटन्स ९ विकेटको क्ष्यतिमा १ सय २६ रनमा समेटिएपको थियो । तिनाउ टाइटन्स्का मान बहादुर थापाले ५३ रनको योगदान गरे भने अन्य ब्याटस् म्यानहरु खासै चल्न सकेनन् ।

प्रतियोगितामा रुपन्देही पल्टन्स्का बिराट भण्डारी म्यान अफ द म्याच भए भने कुसल भुर्तेल मष्ट भ्यालुएवल प्लेयर बने ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा बुटवल युनाइटेड र तिनाउ टाइटन्स भिड्नेछन भने दोस्रो खेल एक्पर्ट रोयल शंकरनगर र सुपर ११ भैरहबाका बिच खेल हुनेछ ।

 
 
  
 

You may also like