रुसी सेनाले नै भन्यो, ‘युक्रेनमा मानवीय अवस्था डरलाग्दो’

किभ । युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही शहरमा डरलाग्दो अवस्था देखिएको छ’, रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिष्फोटक पदार्थहरु बिछ्याएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए ।

दक्षिण पूर्वी बन्दरगाह शहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको शहरमा लाखौं मानिस फसेको उनले बताए । ‘विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन्’, उनले भने । युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएको समेत उनले दाबी गरे ।

 
 
  
 

You may also like