अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला जस्तो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए ।

उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूणर् रुपमा उखेलिने बताए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे ।

उनले निजामती कर्मचारीहरुले पूणर् रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गरे । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतिक पार्टीहरु भएको बताए ।

 

 
 
  
 

You may also like