संखुवासभा बस दुर्घटना : १३ जनाको मृत्यु (अपडेट)

संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज (बिहीबार) बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

 

 
 
  
 

You may also like