जे .आर. वन डे ट्राइ सिरिजको उपाधी वेस्टन क्रिक्रेट एकेडेमीलाइ

बुटवल । जे .आर. वन डे ट्राइ सिरिजको उपाधी वेस्टन क्रिक्रेट एकेडेमीले हात पारेको छ । रुपन्देहीको नरेश्वर क्रिक्रेट मैदानमा २ दिनदेखी सन्चालन भएको प्रतीयोगीतामा जे. आर. क्रिक्रेट एकेडेमीलाइ १०४ रनको अन्तरले पराजीत गर्दै वेस्टनले उपाधी हात पारेको हो । खेलमा वेस्टनका देब खनाल म्यान अफ दी म्याच घोषीत भए भने जे आरका बिशाल भुषाल हाइयस्ट स्कोरर बने ।

 

बुटवलबाट ए डिभिजन खेल्ने ३ टिमबिच प्रतीस्पर्धा गराइएको जे.आर. क्रिक्रेट एकेडेमीका अध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।

कार्यक्रममा बिजयी टिमलाइ पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालीकाका प्रमुख शिबराज सुवेदीले स्थानीय खेलको बिकासको लागी नगरले बिभिन्न योजनाहरुको काम धमाधम गरिरहेको बताए । उनले क्रिक्रेटको हबको रुपमा बिकास भैरहेको बुटवल क्षेत्रमा खेलाडीको बृद्धि बिकासकालागी नगर खेलकुदमार्फत कार्यक्रमहरु सन्चालन गरिरहेको बताउदै आगामी दिनमा स्थानीय खेलाडीहरुलाइ नगरले अझै धेरै प्रोत्साहन गर्ने बताए ।

एकेडेमेकी संयोजक अनिशा लोहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालीकाकी उपप्रमुख गोमादेबी आर्चाय, नगर खेलकुद बिकास समितीकाअध्यक्ष नन्दु काउचा, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला सचिब बिनोद आर्चाय लगायतले बोल्दै निजी लगानीमा बनेका एकेडेमीहरुले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जे.आर. क्रिक्रेट एकेडेमीको प्रशसा गरेका थिए । कार्यक्रमको सन्चालन संस्थाका अध्यक्ष गंगाराम सुनारले गरेका थिए ।

 
 
  
 

You may also like