प्याब्सन तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि पामिरलाइ, ज्ञानगंगा बन्यो उपविजेता

तिलोत्तमा । निजि तथा आवासिय विद्यालय अर्गनाईजेस प्याब्सन तिलोत्तमाको अन्तर विद्यालय छात्र डबलव्याडमिन्टन प्रतियोगीता आज सम्पन्न भएको छ ।

तिलोत्तमा नगरभित्रका प्याब्सनमा आवद्ध विद्यालयहरुको सहभागीता रहेको सो कार्यक्रम मधवलिया व्याडन्टिन कल्बको कर्भड हलमा सम्पन्न भएको थियो । प्रतियोगितामा पामिर एकेडेमी प्रथम, ज्ञान गंगा पाठशाला दोस्रो र नोबल इन्भाइन्मन्ट एकेडेमी र लिटिल स्टार बोडिङ स्कुल तेस्रो भएका थिए ।

विजय तथा उपविजेता टिमलाई शिल्ड तथा प्रमाण पत्र मेडलले पुरस्कृत गरिएको थियो ।

प्याब्सन तिलोत्तमाका अध्यक्ष के एन सागर ज्ञवालीको अध्यक्षता, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सचिव किरण गौतमको संचालन तथा सदस्य सुन्दर गुरुङको संयोजनमा सम्पन्न भएको थियो ।

न्यु इन्भायरोमेन्ट इङलिस बोडिङ स्कुलका खेलाडी धिरन राना उत्कृष्ट खेलाडी र नोबल इन्भायरोमेन्ट एकेडेमीका दिपेन्द्र रेग्मी उदयमान खेलाडी घोषित भएका थिए भने ज्ञान गंगा पाठशाला अनुशासित टिमको रुपमा पुरस्कृत भएको प्याब्सन तिलोत्तमाको संचार संयोजक चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like