ओमसतिया गाउँपालिकामा स्वास्थ्य शिविर

रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्र्तगत गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बुधवारदेखि सुरु गरिएको शिविर गाउँपालिकाको ६ वटै वडामा सञ्चालन गरिने ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनले शिविरमा गाउँपालिकाका ४० वर्ष उमेर समूह माथिका नागरिकको सुगर (मधुमेह), ब्लड प्रेसर (रक्तचाप) तथा समान्य स्वास्थ्य जाँच गरिने बताए । उनले शिविरमा गाउँपालिकामा रहेका मधुमेह र रक्तचापका बिरामी पहिचान गर्न र सम्बन्धित स्वास्थ्य संस्थाबाट नै निःशुल्क औषधी उपलब्ध गराउनका लागि शिविर सञ्चालन गरिएको बताए ।

images
फागुन १८ गते छोटकीरामनगर स्वास्थ्य चौकीबाट सुरु गरिएको स्वास्थ्य शिविर २२ गते पट्खौली स्वास्थ्य चौकी, २३ गते बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र, २५ गते हाटिफर्साटिकर स्वास्थ्य चौकी, २६ गते सामुदायिक स्वास्थ्य इकाई ठुटीपिपल र २७ गते पडसरी स्वास्थ्य चौकीमा सञ्चालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाका हेल्थ एस्सिटेन्ट माधव पौडेलले बताए ।

बधुबार छोटकीरामनगर स्वास्थ्य चौकीबाट सञ्चालन गरिएको शिविरको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) गरेका थिए । उनले गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरले गाउँपालिकावासीको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like