एमसीसी पास भएपछि खुशी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् ।

एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि प्रचण्डले त्यसबारे सोमबार पत्रकार सम्मेलनमार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागें तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखें’ उनले भने,‘ त्यसैले यो निणर्यमा पुगिएको हो ।’ उनले एमसीसी पास भएपछि आफू खुशी रहेको बताउँदै भने, ‘देश दुर्घटनाबाट जोगिग्यो ।’
उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताएका छन् । उनले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुशी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको बताए ।

‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुशी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’

आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरी पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राखेको प्रचण्डको जिकिर छ । ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, प्रचण्डले भने ।

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ । ‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा मैले नै गम्भीर विषय भएकाले संशोधन गरेर र राष्ट्रिय सहमति जुटाएर मात्रै निचोडमा पुग्न उचित हुन्छ भनेको थिएँ । त्यसपछि कार्यदल बन्यो, कार्यदलले दिएको निचोड एमसीसी खारेज गर्ने भन्ने थिएन तर केही विषय अलि गम्भीर प्रकृतिका कुरा छन् भन्ने कुरा आएपछि हामीले जस्ताको त्यस्तै पास गर्न सकिन्न भन्यौँ’, प्रचण्डले भने ।

नेकपाका त्यति बेलाका नौ जना सचिवालय सदस्यमध्ये सात जनाले एमसीसी जस्ताको त्यस्तै पारित नगर्ने भन्दा पनि केपी शर्मा ओली र अर्का एक जना जस्ताको त्यस्तै पारित गर्ने अडानमा रहँदा विषय झनै विवादित बनेको प्रचण्डले बताए ।

‘त्यति बेला ओली जस्ताको जस्तै पारत गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । नौ जना सचिवालय सदस्यमध्ये सात जना संशोधन नगरि हुन्न भन्नेमा लागे, ओली र अर्का एक जना नेताले जस्ताको त्यस्तै पारित गर्ने अडानमा थिए । एमसीसीलाई देश हितका लागि प्रयोग गर्न कुनै न कुनै प्रस्ताव संसदबाट पारित गरेर जान सकिन्छ कि भनेर पहिलो पटक मैले नै कुरा राखेको हो । ओलीले मानेनन्, यो कुरा अहिलेसम्म बाहिर आएको थिएन’, प्रचण्डले भने ।

सम्बन्धित

१८० मा कोरोना संक्रमण, चार सय जना निको

एमसीसी पास गर्‍यौं, गठबन्धन बचायौं, अब सरकार चुनावमा अगाडि बढ्छ : प्रचण्ड

भ्रामक सूचना र दुष्प्रचारले चुनाव र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : अमेरिकी राजदूत

एमसीसी तरङ्ग : सत्ता गठबन्धनबाट अलग्गियो जनमोर्चा

महाशिवरात्रिमा यसरी गरिंदैछ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन (नक्सासहित)

एमसीसीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओली

लोकप्रिय
२०७८ फागुन १५ गते आइतबारको तपाईको राशिफल
२०७८ फागुन १६ गते सोमबारको तपाईको राशिफल
विश्वकै ठूलो बिमान रुसी आक्रमणबाट नष्ट
एमसीसी सम्झौता व्याख्यासहित अनुमोदन गर्ने माओवादीको निर्णय, चार नेताको असहमति
कुन देशसँग कति छन् आणविक हतियार छ ?
उत्तर कोरियाले भन्यो-युक्रेन संकटको कारक अमेरिका, लड्न उक्सायो, सहयोग गरेन
ताजा अपडेट
एमसीसी पास भएपछि खुशी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड
१८० मा कोरोना संक्रमण, चार सय जना निको
एमसीसी पास गर्‍यौं, गठबन्धन बचायौं, अब सरकार चुनावमा अगाडि बढ्छ : प्रचण्ड
भ्रामक सूचना र दुष्प्रचारले चुनाव र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : अमेरिकी राजदूत

यो पनि पढ्नुहोस्

एमसीसी अनुमोदनले माओवादी केन्द्रमा तीब्र असन्तुष्टि, अध्यक्ष प्रचण्डले ‘विशेष सम्बोधन’ गर्दै

फुटको डिलमा पुगेको जसपामा विवाद मिल्यो : टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन

यस्तो छ मन्त्रिपरिषदले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्या (पूर्णपाठ)

बाबुराम भट्टराईले भने, ‘एमसीसीलाई बाँदरको घाउ नबनाऔं, सबैले स्वीकारौं’

झलनाथ खनालको प्रश्न : एमसीसी पास गरे चीनसँगको सम्बन्ध कस्तो होला ?

देव गुरुङको प्रश्न : संसदले गरेको ‘व्याख्यात्मक घोषणा’ एमसीसीलाई मान्य हुन्छ ?

एमसीसी स्वीकार्ने माओवादी केन्द्रको निर्णयमा यी पाँच नेताले जनाए असहमति

नयाँ मिडिया नेटवर्क प्रा.लि.
हाम्रो बारेमा
हाम्रो टीम
सम्पर्क
विज्ञापन
प्रयोगका सर्त
युनिकोड
प्रधान सम्पादक
राजेश राई
कार्यकारी सम्पादक
राजु शिवा
सूचना विभाग दर्ता नं.
१८०२/२०७६-७७
सम्पर्क
९८५११४२७१३, [email protected]
विज्ञापन
९८४३५०११३३ (प्रविन कुलुङ राई)
©2022 नयाँ मिडिया नेटवर्क प्रा.लि. | सर्वाधिकार सुरक्षित

 
 
  
 

You may also like