युक्रेनको राजधानी किभमा रुसको दुई मिसाइल आक्रमण

by समतल अनलाइन

काठमाडौँ । युक्रेनको राजधानी किभको दक्षिणपश्चिममा शनिबार बिहान दुईवटा मिसाइल आक्रमण भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनीहरुको लक्ष्य के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

किभको स्थानीय सरकारले एउटा क्षेप्यास्त्र एक आवासीय भवनमा खसेको जनाएको छ ।

रोयटर्सका अनुसार राजधानीको जुलियानी एयरपोर्ट नजिकै अर्को मिसाइल खसेको थियो ।

यो प्रतिवेदन युक्रेनमा सामाजिक सञ्जालमा भाइरल भइरहेको किभमा एक तर्फबाट भत्किएको एउटा आवासीय भवन देखाइएको तस्विरसँग सम्बन्धित रहेको विश्वास गरिएको छ ।

रुसले युक्रेनको मेलिटोपोल सहर आफ्नो कब्जामा लिएको दाबी गरेको छ । रुसी सेनाले युक्रेनको दक्षिणमा रहेको मेलिटोपोल सहर कब्जा गरेको छ ।

रुसी समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै यो खबर दिएको हो ।

युक्रेनको दक्षिणी प्रान्त जापोरिझ्झ्यामा अवस्थित मेलिटोपोल सहर देशको एउटा महत्त्वपूर्ण बन्दरगाह मारिउपोलको नजिक छ ।

 
 
  
 

You may also like