लुम्बिनी प्रदेश सरकारले फागुन १ देखि ३ सम्म दाङमा स्थापना दिवस मनाउने

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । प्रदेशको राजधानी दाङ भालुवाङमै तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिए ।

 
 
  
 

You may also like